+
+

मगर समुदायले पनि टुँडिखेलमा २ दिन माघे सकराती मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १८:४४

२६ पुस, काठमाडौं। मगर समुदायले पनि काठमाडौंको टुँडिखेलमा २ दिन माघे सकराती मनाउने भएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी पुस २९ देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर सङ्क्रान्ति २०८१ को आयोजना गर्ने जानकारी दिएको हो ।

महोत्सवको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव एवं मूल आयोजक समितिका सदस्यसचिव टेकबहादुर नामजाली मगरले बताए ।

उनका अनुसार महोत्सवमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुषवाण हान्ने, छेलो हान्ने खेललगायत कार्यक्रम रहनेछ । कार्यक्रममा मगर समुदायका अन्य संघसंस्थाहरुको पनि प्रतिनिधित्व रहनेछ ।

महोत्सवमा मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मागरहरुको परम्परित खेलहरु छेलो हान्ने र धनुषा वाणलगायत शुभकामना आदानप्रदानको कार्यक्रम रहेको संघले जनाएको छ ।

यस्तै मगर राष्ट्रिय गान सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । मगर राष्ट्रिय गानको शब्द रचना कालीराम घर्तीमगरले गरेका हुन् भने संगीत मनबहादुर पुनमगर, सुर्य पुर्वछानेमगर, डोलराज बाह्रघरे मगर, होमराज खपाङ्गी मगर र देवराज मगरले दिएका छन् ।

यस्तै उक्त राष्ट्रिय गीतमा सुर्य पुर्वाछानेमगर, डोलराज बाह्रघरेमगर, देवराज आलेमगर, कविता आलेमगर, आकाश थापामगर, दिपसागर थापामगर, आशा थापामगर, देवीराम रानामगर, गायत्री रानामगर, करिष्मा घर्तीमगर, श्रीप्रसाद खप्तरीमगर, रेस्मा पुनमगर, निर्मला थापा मगर, नितु पुनमगर, भुमसरी पुन मगर, अमर रोका मगर, केशरी घर्तीमगर, मन्दिरा आलेमगर र सिर्जना श्रीस मगरले स्वर दिएका छन् ।

महोत्सवमा मगर समुदायको मौलिक संस्कृति, भेषभूषा, खानपिन, मौलिक खेल लगायत गतिविधि हुने आयोजकले जनाएको छ । मगर समुदायको मौलिक संस्कृति र मौलिक खेलको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?