 
																			२८ पुस, काठमाडौं । समावेशी आयोगले निजामती सेवामा आरक्षण सुविधा एक जनालाई एक पटक मात्रै दिनु उपयुक्त हुने सुझाएका छन्।
आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका तर्फबाट सुझाव राख्दै कार्यबाहक अध्यक्ष विष्णुमाया ओझाले यस्तो बताएकी हुन्।
‘निजामती सेवामा आरक्षण एक पटक मात्रै प्राप्त हुने गरौं। समानुपातिक निर्वाचन प्रणाली पनि आरक्षण हो। यसकारण समानुपातिकमा पनि एक जनालाई एक पटक नै गरौं’ उनले भनिन्।
संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयक दफावार छलफलमा छ। आइतबार समितिले विधेयकका सम्बन्धमा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरुसँग छलफलमा बोलाएको हो।
छलफलमा भाग लिदै कार्यबाहक अध्यक्ष ओझाले यस्तो बताएकी हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4