+

यसकारण जाडोमा धेरै परफ्युम लगाउनु हुँदैन

२०८१ पुष  २९ गते १२:४४ २०८१ पुष २९ गते १२:४४
यसकारण जाडोमा धेरै परफ्युम लगाउनु हुँदैन

शरीरमा फोहोर भए पछि दुर्गन्ध आउँछ । दुर्गन्धलाई सुगन्धमा बदल्ने काम बास्नादार परफ्युमले गर्छ । तर त्यही बास्नादार परफ्युम दिनभर छालामा पर्दा शरीरलाई हानि गर्छ ।

कमैलाई थाहा होला, सुगन्ध दिने परफ्युमको अत्याधिक प्रयोगले टाउको दुख्ने, एलर्जी हुनेदेखि छालामा समस्या समेत गर्न सक्छ । किनकी यसमा छालालाई असर गर्ने हानिकारक रसायनहरु मिसाइएका हुन्छन् ।

कसरी ?

नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार सुगन्धित उत्पादनहरूमा धेरै यौगिक पाइन्छ, जसमा थ्यालेट्स, एल्डीएड्स र आल्मोनियम मुख्य हुन् । यी तत्व भएका  परफ्युम बढी लगाउँदा छालामा एलर्जी, स्तन क्यान्सर, प्रजनन रोग, माइग्रेन र श्वासप्रश्वास समस्याको जोखिम रहन्छ।

साथै, यसमा हुने अन्य रसायन  गेरानियोल, युजेनोल, सिट्रोनेलोलले छालाको एलर्जी, पित्त, चिलाउने, दाग बस्ने, चायापोतो आउने र हाच्छिउँ आउने गर्छ ।

कहिलेकाहीँ यी समस्याहरू तुरुन्तै देखिँदैनन् । तर लामो समयसम्म प्रयोग गर्दा छालाको संवेदनशीलता बढाउन सक्छ।

के कस्ता क्षति हुन्छ ?

दागको समस्या 

परफ्युममा पाइने रसायनले छालामा चिलाउने, दाग बस्ने र छाला सुन्नाउने गर्छ । यसमा पाइने रसायनका कारण छालाको ओसिलोपन कम हुन थाल्छ । फलस्वरुप छालाको बनावट परिवर्तन भइ चाउरीपना छिटो देखिने र छाला पोल्ने समस्या पनि हुनसक्छ ।

छाला सुख्खा हुनु

जाडो मौसममा पर्याप्त पानी नपिउँदा डिहाइड्रेसन बढ्छ। डिहाइड्रेसन बढाउने अर्को कारण बढी परफ्युमको प्रयोग गर्नु पनि हो । वास्तवमा परफ्युममा केही मात्रामा मदिराको प्रयोग हुन्छ । जसले छालाको नरमपनालाई कम गरी सुख्खापन बढाउँछ।

एलर्जीको जोखिम

परफ्युमको निरन्तर प्रयोगले आँखा पोल्ने, हाच्छिउँ आउने र चिलाउने समस्या बढ्छ। विशेषत यस्ता उत्पादनमा इथेनोलको मात्रा बढी हुन्छ, जुन सबै उमेरका मानिसहरूका लागि घातक साबित हुन्छ।

भनिन्छ, यसमा पाइने ३४ प्रतिशत सामग्रीहरू शरीरका लागि विषाक्त हुन्छन्।

सूर्यको विकिरणको असर

बिहान परफ्युम लगाएर घाममा निस्कँदा छाला पोल्ने र दागधब्बा बस्ने जोखिम पनि हुन्छ। छालामा यूभी किरणको प्रभाव रोक्ने सनस्क्रिनको प्रयोग गर्नेको तुलनामा  नगर्नेमा छिटो  यी समस्या देखिन्छ।

त्यसैले, संवेदनशील छाला भएका मानिसहरूले यसबाट टाढा रहनु पर्छ।

श्वासप्रश्वास समस्याको जोखिम

यसको तिख्खर गन्धले केही मानिसहरूलाई सास फेर्न समस्या हुने वा टाउको दुख्ने समस्या निम्त्याउँछ।

हेल्थ डाइरेक्टको रिपोर्ट अनुसार सुगन्धित उत्पादनहरूको सम्पर्कमा आउँदा लगभग ३ मध्ये १ जनाले दमको समस्या, घाँटी ज्वरो, टाउको दुख्ने, माइग्रेन, चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्याहरू अनुभव गर्छन्।

त्यसैले, यसको जोखिमबाट बच्न सीमित मात्रामा परफ्युमको प्रयोग गर्नुपर्छ । जाडोमा छाला सुख्खा हुने भएकोले पहिला मोइस्चराइजर लगाएर मात्र परफ्युम लगाउनु उपयुक्त हुन्छ।

एजेन्सीको सहयोगमा

छालाको एलर्जी परफ्युम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय