
काठमाडौं । संगीतकार राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘माया गर्न जान्यो मायाले’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा गायक तथा गीतकारसमेत रहेका शिवाकोटीकै स्वर छ । फिमेल भोकलमा उनलाई दक्षिणी अफ्रिकी गायिका डि क्याप्टेन वियोन्सेले साथ दिएकी छन् । शब्दरचना र संगीत पनि शिवाकोटी स्वयंको छ ।
यो प्रेमिल गीतमा मायालु जोडीको कथा भनिएको छ । रुवान्डाकी कलाकार वियोन्सेको आवाज र टोन आकर्षक सुनिन्छ । उनी नेपालमा टिकटक र रिल्समा समेत चर्चित छिन् ।
गीतको भिडियो पनि तयार भएको छ । अभेसमनी बज्राचार्यले खिचेको भिडियो निर्देशन राजुजंग बस्नेतले गरेका छन् । भिडियोमा अभिनय राजनराज र वियोन्से स्वयंको छ । कोरसमा अन्य कलाकार पनि देख्न सकिन्छ । वियोन्से ‘फूलबुट्टे सारी…’ गाएर चर्चामा आएकी थिइन् ।
हेर्नूस गीत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4