२८ पुस, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकप २०२५ यही जनवरी १८ देखि मलेसियामा सुरु हुँदैछ । १६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक मलेसिया, नेपालजस्ता टोलीले पहिलो पटक खेल्दैछन् ।
यस लेखमा हामी यू-१९ महिला विश्वकपको समूह सी मा रहेको टोलीहरूको बारेमा जानकारी दिनेछौं । समूह सी मा साविक उपविजेता न्युजिल्याण्ड, दक्षिण अफ्रिका, नाइजेरिया र सामोआ छन् ।
यस समूहमा रहेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका लगातार दोस्रो पटक विश्वकप खेल्दैछन् भने नाइजेरिया र सामोआ यू१९ महिला टी२० विश्वकपमा डेब्यु गर्दैछन् ।
न्युजिल्याण्ड
न्युजिल्याण्ड पनि पहिलो संस्करणको प्रदर्शनका आधारमा सिधै छनोट हुने १० टिममध्ये एक हो । मलेसियामा हुने दोस्रो संस्करणको यू-१९ महिला विश्वकपमा दाबेदार टिममध्ये एक टिम हो न्युजिल्याण्ड ।
हाल न्युजिल्याण्डको सिनियर टिममा रहेकी जर्जिय प्लिमेरको प्रगतिले यस प्रतियोगिताले उदाउँदा खेलाडीका लागि राम्रो प्लाटफर्म साबित हुने कुरा प्रमाणित गरेको छ ।
दुई वर्षअघि प्लिमेरले ५० भन्दा माथिको औषतमा ब्याटिङ गरेकी थिइन् र अहिले न्युजिल्याण्डको सिनियर टोलीमा छन् । उनीसँगै फ्रान जोनास र इज्जी गेजसहितको तीन जनाले आईसीसी वुमन्स टी२० विश्वकप २०२४ न्युजिल्याण्डलाई जिताउन योगदान गरे ।
यू-१९ टी२० विश्वकपको पहिलो संस्करणमा न्युजिल्याण्ड सेमिफाइनलमा पराजित भएको थियो । भारतसँग ८ विकेटले पराजित भएपछि न्युजिल्याण्ड बाहिरिएको थियो ।
यू१९ विश्वकपबाट पाउने अनुभव र ज्ञान ठूलो अवसर हुने कप्तान तास वाकलिनले बताएकी छन् ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिका आईसीसी यू-१९ महिला टी२० विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र हो । दुई वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा दक्षिण अफ्रिका सुपर सिक्समा प्रवेश गरेको थियो ।
अनुभवी खेलाडी नयाँ जोश भएका खेलाडीको मिश्रण रहेको दक्षिण अफ्रिकाले यसपटक अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ । पहिलो संस्करण खेलेको ७ खेलाडी दोस्रोपटक विश्वकप खेल्दैछन् ।
विकेटकिपर काराबो मेसो र स्पीनर सेश्निई नाइडु दुवैले सिनियर अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । सिनियर टिमकी कप्तान लाउरा वोलभार्डले समेत नाइडुको प्रशंसा गरेकी थिइन् ।
लाउराले नाइडु राम्रो युवा लेग स्पीनर भएको र भविष्यका लागि उनी राम्रो सम्भावना भएको खेलाडी रहेको बताएकी थिइन् ।
नाइजेरिया
नाइजेरिया अफ्रिकन क्वालिफायरको विजेता बन्दै आईसीसी यू-१९ महिला टी२० विश्वकपमा पहिलोपटक छनोट भएको हो । पहिलो संस्करणमा खेलेको रुवान्डाको बाटो पछ्याउँदै नाइजेरियाले यस पटक यू-१९ विश्वकपमा डेब्यु गर्दैछ ।
वेष्ट अफ्रिकन नेसन नाइजेरियाले जिम्बाबेविरूद्धको रिजनल क्वालिफायरको फाइनल खेल वर्षाका कारण रद्द भएपछि समूह चरणमा प्राप्त जितको आधारमा विश्वकपमा स्थान बनाएको थियो । क्वालिफायरमा भिक्टोरी इग्बीनेडिणनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेकी थिइन् ।
नाइजेरियाले राम्रो तयारी गरेको र विश्वकपमा केही अप्रत्याशित नतिजा निकाल्ने अपेक्षा राखेको छ । प्रशिक्षक लक्की पिएटी इबोसेटालले टिमको मुख्य उद्देश्य प्रतिस्पर्धा गर्ने र प्रतियोगितामा राम्रो स्थान ल्याउने लक्ष्य रहेको बताए ।
विश्वकप आफ्नो लागि खेल्न सबैभन्दा ठूलो स्टेज रहेको बताए ।
सामोआ
यस समूहको रहेको अर्को टोली हो सामोआ जो नाइजेरियासँगै विश्वकपमा डेब्यु गर्दैछ । इस्ट-एसिया प्यासिफा क्वालिफारमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको सामोआको टोली कुनै पनि विश्वकपमा छनोट भएको पहिलो टोली हो ।
सामोआले छनोटमा ६ मध्ये ५ खेल जितेर शीर्ष स्थानमा रहेको थियो । समूह सी मा समाओसँगै पहिलो पटक विश्वकप खेल्न लागेको नाइजेरिया छ ।
दुवै टोलीबीच पहिलो खेल हुनेछ । यस खेलबाट दुवै टोलीको लागि सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनाउने अवसर हुनेछ ।
-आईसीसीको सहयोगमा
प्रतिक्रिया 4