+
+

दाङको रिहार मेलामा घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते ८:३२
Photo Credit : शिबु खनाल

१ माघ, लमही । माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा मेला लागेको छ ।

बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा गएरातिदेखि नै घुइँचो छ ।

आज बिहानै तातोपानीको कुण्डमा नुहाउने पूजा गर्ने क्रम चलिरहेको छ । नुनिलो स्वादको तातोपानीमा नुहाउँदा रोग नलाग्ने विश्वास छ ।

रिहारको कुण्डमा पूजा गरी बगारबाबा मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने, निःसन्तानले सन्तान पाउने र रोगब्याध नलाग्ने धार्मिक विश्वास छ ।

नेपाल सरकारले लमही नगरपालिकामा बगरबाबा धार्मिक पर्यटकीय स्थललाई एकसय नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । रिहार अवधीभाषी यादव समुदाय र थारु समुदायको पवित्र धार्मिक स्थलको रुपमा परिचित छ ।

बगार बाबा धार्मिक स्थल उत्पत्तिको सन्दर्भ द्वापरयुगसँग जोडिएको छ । द्वापर युुगमा ऋषिमुुनीहरुले बिहार गरेको हुुँदा ‘ऋषि विहार’बाट अपभ्रम्स भई ‘रिहार’ नाम रहन गएको बताइन्छ ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको रिहारमा माघीमा एक हप्तासम्म मेला लाग्ने गर्दछ । यो लमही बजारबाट करिब २० किलोमिटर पश्चिममा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?