+

खो खो विश्वकप : महिलातर्फ नेपालको शानदार जित

२०८१ माघ  १ गते १३:१० २०८१ माघ १ गते १३:१०
खो खो विश्वकप : महिलातर्फ नेपालको शानदार जित

१ माघ, काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो ।

खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ ।

समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग, बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ समूह ए मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२-३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज पेरूसँग खेल्दै छ ।

खो खो विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय