+

बार्सिलोना कोपा डेल रेको क्‍वाटरफाइनलमा, बेटिसमाथि फराकिलो जित

२०८१ माघ  ३ गते ७:५० २०८१ माघ ३ गते ७:५०
बार्सिलोना कोपा डेल रेको क्‍वाटरफाइनलमा, बेटिसमाथि फराकिलो जित

३ माघ, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा रियल बेटिसलाई ५-१ को फराकिलो अन्तरले हराउँदै बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो ।

बार्साको जितमा गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले १-१ गोल गरे । बेटिसका भिटोर रोकले सान्त्वना गोल गरे ।

खेलको तेस्रो मिनेटमै गावीको गोलमार्फत बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । २७औं मिनेटमा कोन्डेले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० ले अगाडि रहेको बार्साले दोस्रो हाफमा ३ गोल थप्यो ।

५८औं मिनेटमा राफिन्हा, ६७औं मिनेटमा टोरेस र ७५औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनालाई एकपक्षीय रूपमा अगाडि बढाए । ८४औं मिनेटमा रोकले पेनाल्टीमार्फत गोल गर्दै सान्त्वना दिलाए ।

कोपा डेल रे बार्सिनाेला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय