
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन् ।
२८ पुसमा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न २३औं साधारण सभाबाट निर्वाचित सञ्चालक समिति सदस्यहरूको बैठकले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।
साधारण सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्रकुमार शाह चयन भएका थिए । यसैगरी सर्वसाधारण सेयरधनी समूहबाट अंकित केडिया (प्रतिनिधि) लेभरेज होल्डिङ्ग्स प्रालि र भोजन अर्याल (प्रतिनिधि) रिनुवल इन्भेस्टमेन्ट प्रालि) सञ्चालक समितिमा चयन भएका थिए ।
नयाँ सञ्चालक समिति सदस्य चयन भएसँगै बसेको बैठकले सञ्चालक समिति अध्यक्षमा अग्रवाललाई चयन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभा बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया 4