+
+

आयो ‘दिमाग पढ्ने’ यन्त्र, मूल्य जम्मा १२ हजार

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १६:३५

७ माघ, काठमाडौं । पछिल्ला केही वर्षयता ब्रेन कम्प्युटर इन्टरफेस (BCI) प्रविधि धेरै काम भइरहेको छ । यसैक्रममा अमेरिकाको लस भेगासमा यही जनवरी ७ देखि १० सम्म भएको कन्जुमर इलेक्ट्रोनिक्स शो (CES 2025) मा आधारित एक ग्याजेट सार्वजनिक गरिएको छ । यो उपकरणले मानिसको मस्तिष्कलाई पढ्नसक्ने दाबी गरिएको छ । अर्थात् तपाई हामीले के सोँचिरहेका छौँ ? भन्ने कुरालाई यस यन्त्रणले डिकोड गरिदिन सक्दछ ।

अमेरिकी स्टार्टअप Based Hardware ले Omi नामक उक्त एआई उपकरण बनाएको हो । उक्त सानो डिभाइसलाई नेकलेसको रुपमा गलामा लगाउन सकिन्छ । Hey Omi भनेर यसलाई सक्रिय बनाउन सकिन्छ । तर Listening mode मा भने यस्तो जगाउने शव्दको आवश्यकता पर्नेछैन ।

यो सानो डिभाइसलाई आफ्नो टाउकोतिर पनि राख्न सकिन्छ । इन्टरनेटमा केही मानिसहरुले यसलाई दिमाग पढ्ने डिभाइस भनिरहेका छन् । यद्यपि यसो भन्नु पूर्णरुपमा सत्य चाहीँ होइन। किनकि यो ब्रेन कम्प्युटर इन्टरफेसमा आधारित फिचर भविष्यमा आउनेछ।

वास्तवमा यो बिसिआईमा आधारित उपकरण भन्दा पनि एआई टूल जस्तो लाग्दछ । किनकि यसले Rabbit R1 तथा Humane Pin ले जस्तै काम गर्दछ । यसमा GPT4o राखिएको छ र यसले प्रयोगकर्तालाई पर्सनलाइज्ड सुझाव दिन सक्छ।

स्टार्टअप कम्पनी बेस्ड हार्डवेयरका अनुसार यो उपकरणलाई आफ्नो निधारको साइडमा ब्रेन इन्टरफेस मेडिकल टेपको सहयोगले टाँस्न सकिन्छ । यसले प्रयोगकर्ताका प्रश्नहरुको जवाफ दिनसक्छ, कुराकानीलाई संक्षेपीकरण गर्न सक्छ, अब गर्नुपर्ने कामको सूची अर्थात् ToDo List बनाउन सक्छ अनि बैठकको कार्यतालिका पनि तयार गर्न सक्दछ ।

यसले रियल टाइममा भाषा अनुवाद पनि गर्न सक्दछ । अर्थात् तपाईको नजिक कोही व्यक्तिहरु अन्य भाषामा कुराकानी गरिरहेका छन् भनेपनि तपाईलाई कुनै समस्या पर्नेछैन । किनकि यसले उक्त बोलीचालीलाई तपाईको भाषामा अनुवाद गरिदिनेछ।

गोपनियताका लागि खतरा

तर ओमी वास्तवमा आम मानिसहरुको प्राइभेसीका लागि भने एउटा खतराको रुपमा रहनेछ । यो सधै listening mode मा रहने हुनाले यसले तपाईको कुराकानी सुनिरहेको हुन्छ ।

यस्तोमा आफू तथा आफ्नो आसपासका अन्य मानिसहरुका बोलीचाली तथा गतिविधिहरुका डेटा एकत्रित हुने र कुनैपनि बेला दुरुपयोग हुनसक्ने जोखिम रहन्छ । तर निर्माता कम्पनीले प्रयोगकर्ताका डेटा बाहिर नलगिने र उपकरणमै स्टोर हुने भन्दै आफ्ना डेटा कहाँ गइरहेका छन् भन्ने कुरा पनि देख्न सकिने प्रष्ट पारेको छ । त्यसैले नै यसलाई ओपन सोर्स पनि राखिएको छ ।

मानिसको दिमाग पढ्ने दाबी गरिएको Omi को मूल्य चाहिं जम्मा ८९ अमेरिकी डलर अर्थात् करिब १२ हजार नेपाली रुपैयाँ रहेको छ ।

यद्यपि यो डिभाइसको ब्रेन कम्प्युटर इन्टरफेसको पहुँच भने पछि प्राप्त हुने बताइएको छ। हालका लागि यो Audio Only AI डिभाइस हो । यो वर्ष सन् २०२५ को दोश्रो त्रैमासिकमा यसलाई विश्व बजारमा पठाउने योजना कम्पनीको छ ।

कम्पनीका अनुसार ओमीले भविष्यमा मस्तिष्कका तरंग पढ्न सक्नेछ र मानिसले सोँचेको कुरालाई अनुवाद गर्न सक्नेछ । हालका लागि यो फिचर उपलब्ध नभएपनि निकट भविष्यमा यसलाई एक्टिभेट गर्न सकिने बताइएको छ ।

ओमीको आफ्नै एप स्टोरमा साढे २ सय भन्दा धेरै एप हुनेछन् । यी वास्तवमा प्लगइन्स हुन् ।

यदि भविष्यमा ब्रेन कम्प्युटर इन्टरफेस फिचरलाई सक्रिय बनाउनमा कम्पनी सफल भयो भने शायद यो गेम चेन्जिंग डिभाइस बन्न सक्दछ । तर केवल एआई डिभाइसको रुपमा यसलाई प्रयोग गर्नुको चाहीँ कुनैपनि तुक रहनेछैन । बजारमा अहिले नै धेरै खालका एआई डिभाइस छन्, जसको खासै प्रयोग पनि छैन । किनकि स्मार्टफोनमै अहिले एआईसँग सम्बन्धित विभिन्न फिचर उपलब्ध छन् । एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?