
८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ समारोहमा नाजी अभिभादन गरेका अर्बपति एलन मस्कको आलोचना भएको छ ।
सोमबार आयोजित शपथग्रहण समारोहमा मन्तव्य दिनेक्रममा मस्कले लगातार दुईपटक नाजी सलामसँग मिल्नेगरी अभिवादन गरेपछि उनको आलोचना भएको हो ।
सम्बोधनको क्रममा मस्कले नोभेम्बर ४ मा सम्पन्न अमेरिकी राष्ट्रपति चुनावको नतिजालाई ‘सामान्य विजयभन्दा फरक’ को संज्ञा दिए । ‘यो मानव सभ्यताको मार्ग परिवर्तन गर्ने मोड थियो,’ उनले भने, ‘यो निकै महत्वपूर्ण थियो। तपाईंहरूले यो सम्भव बनाउनुभयो। धन्यवाद !’
My talk today at the Presidential Parade
pic.twitter.com/qCAxYQb7LN— Elon Musk (@elonmusk) January 21, 2025
यसपछि मस्कले आफ्नो दाहिने हातले छातीमा प्रहार गरे । अलजजिराका अनुसार त्यसपछि उनले गरेको अभिवादन नाजी सलामसँग मिल्ने प्रकृतिको थियो ।
टेस्ला र स्पेसएक्सका सीईओ मस्क ट्रम्पलाई प्रशासनको दक्षता विभागको नेतृत्व दिइएको छ । मस्कको उक्त अभिवादनको दृश्यलाई शेयर गर्दै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरेका छन् ।
बेलायती पत्रकार तथा टिप्पणीकार ओवेन जोन्सले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो नाजी सलामजस्तै देखिन सक्ने कुनै पनि अर्को संकेत हुनै सक्दैन ।’
केहीको बचाउ
तर, केही व्यक्तिहरूले मस्कको बचाउ गरेका छन् । तीमध्ये एक एंटी-डिफेमेसन लिग (एडीएल) हो, जुन यहूदीविरोधी गतिविधिहरूको विरोधमा समर्पित प्रतिष्ठित संगठन हो। एडीएलले भनेको छ, ‘मस्कले उत्साहको क्षणमा एउटा असजिलो संकेत गरे, यो नाजी सलाम होइन।’
Wait, did Musk just do a Nazi salute? pic.twitter.com/VZChlQXSYv
— Republicans against Trump (@RpsAgainstTrump) January 20, 2025
एडीएलले एक्समा लेखेको छ, ‘यस्तो बेला सबै पक्षहरूले एक-अर्कालाई थोरै सहनशीलता दिनुपर्छ, शङ्काको फाइदा दिनुपर्छ र शान्त रूपमा अघि बढ्नुपर्छ ।’
सामाजिक सञ्जालमा चरम दक्षिणपन्थी रुझान प्रकट गर्दै आएका मस्कले जनवरीको सुरुमा आफ्नो सामाजिक सञ्जाल एक्समा जर्मनीको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) की नेता एलिस वेइडेललाई निमन्त्रणा गरेर संवाद गरेका थिए। मस्कले उक्त पार्टीलाई फेब्रुअरीमा भएको राष्ट्रिय चुनावमा समर्थन पनि गरेका थिए।
प्रतिक्रिया 4