+

एनकेएलमा जनकपुर नाइट्सको लगातार तेस्रो जित

२०८१ माघ  ८ गते २२:०२ २०८१ माघ ८ गते २२:०२
एनकेएलमा जनकपुर नाइट्सको लगातार तेस्रो जित

८ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा मंगलबार विराटनगर ब्यान्डिट्समाथि ४०-३८ को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा पहिलो हाफमा ७ अंकले पछि परेपनि जनकपुरले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै जित निकालेको हो ।

लगातार तेस्रो जितपछि १५ अंक जोडेको जनकपुर फेरि शीर्ष स्थानमा फर्केको छ । त्यसअघि काठमाडौं माभरिक्सले हिमालयन राइडर्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लेपनि जनकपुर जितपछि शीर्षमै उक्लेको हो । पहिलो हार व्यहोरेको विराटनगर भने ११ अंकसहित तेस्रो स्थानमा छ ।

जनकपुरविरूद्ध पहिलो हाफमा विराटनगरले उत्कृष्ट प्रदर्शन गर्दै २२-१५ को अग्रता बनाएको थियो । पहिलो हाफमा विराटनगरले रेइडबाट ८, ट्याकलबाट ९ र एक्सट्रबाट २ अंक जोडेको थियो । यस्तै विराटनगरले अलआउटबाट २ अंक जोडेको थियो । जनकपुरले पहिलो हाफमा रेइडबाट ७, ट्याकलबाट ५ र एक्स्ट्राबाट ३ अंक जोडेको थियो ।

दोस्रो हाफमा भने जनकपुरले रेइड र ट्याकलमा उत्कृष्ट प्रदर्शन गर्दै ९-९ अंक जोड्दा विराटनगरमाथि २५-१६ को अग्रता बनाउँदै रोमाञ्चक जित हात पारेको हो ।

यस्तै जनकपुरले अलआउटबाट ४ र एक्स्ट्राबाट ३ अंक जोडेको थियो । दोस्रो हाफमा भने विराटनगर रेइड र ट्याकलमा कमजोर बन्यो । उसले रेइडमा ५ र ट्याकलमा जम्मा २ अंक मात्र जोड्दा एक्सट्राबाट ९ अंक जोडेको थियो ।

यसैगरी मंगलबारै भएको पहिलो खेलमा काठमाडौं माभरिक्सले हिमालयन रेइडर्समाथि ५६-३४ को सानदार जित हात पार्‍यो । पहिलो हाफमा रेइड र ट्याकलमा उत्कृष्ट प्रदर्शन गर्दा काठमाडौंले ३६-१३ को फराकिलो अग्रता बनाएको थियो ।

काठमाडौंले पहिलो हाफमा रेइडबाट १७, ट्याकलबाट ११, अलआउटबाट ६ र एक्स्ट्राबाट २ अंक जोडेको थियो । हिमालयनले भने रेइड र एक्सट्रबाट समान ६ तथा ट्याकलबाट जम्मा १ अंक जोडेको थियो ।

दोस्रो हाफमा हिमालयनले खेलमा फर्कने प्रयास गरेपनि पहिलो हाफमा धेरै अन्तरले पछि परेकोले सफल हुन सकेन । यद्यपी दोस्रो हाफमा हिमालयनले २१-२० को अग्रता लिएको थियो । जहाँ हिमालयनले रेइडबाट ११, ट्याकल र अलआउटबाट समान २ र एक्स्ट्रबाट ६ अंक जोडेको थियो । काठमाडौंले रेइडबाट ८, ट्याकल र एक्स्ट्रबाट समान ५ तथा अलआउटबाट २ अंक जोडेको थियो ।

जितपछि ३ खेलबाट ११ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा छ । दोस्रो हार व्यहोरेको हिमालयन रेइडर्स ५ अंकसहित चौथो स्थानमा छ ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय