९ माघ, काठमाडौं । धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई पाँच अंकको अन्तरले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित हात पारेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा धनगढी ३८–३३ ले विजयी भएको हो। धनगढीले जित हात पार्नेक्रममा रेडबाट १७, ट्याकलबाट १४, दुई अलआउटबाट चार र बोनसबाट ३ पोइन्ट जोड्यो। पोखराले भने रेडबाट १५, ट्याकलबाट ११, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक मात्रै बटुल्न सक्यो।
योसँगै धनगढी स्पष्ट पाँच अंक थप्दै चौथो स्थानमा उक्लिएको छ। धनगढीले तीन खेलबाट कुल ६ अंक पुर्याएको छ। समान खेल खेलेको पोखरा तीन अंकसहित अंक तालिकाको पुछारमा छ। ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरा मात्रै हो।
पहिलो हाफमै धनगढीले रेडबाट १३, ट्याकलबाट ६ र अलआउटबाट ४ पोइन्टसहित २३–१२ को फराकिलो अग्रता लिएको थियो। धनगढीले पहिलो हाफमा पोखरालाई दुईपल्ट अलआउट गरेको थियो ।
पहिलो हाफमा पोखराले रेडबाट पाँच, ट्याकलबाट चार र बोनसबाट तीन पोइन्ट जोड्यो । दोस्रो हाफमा एकपल्ट अलआउट गर्दै पोखराले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो। यसपल्ट भने पोखराको रेड पनि अब्बल देखिएको थियो। पोखराले रेडबाट १०, ट्याकलबाट सात, अलआउटबाट दुई र बोनसबाट दुई अंक बटुलेको थियो।
धनगढीले भने रेडबाट दुई, ट्याकलबाट आठ र बोनसबाट पाँच अंक बटुल्यो । यो हाफमा धनगढीले १५ र पोखराले २१ अंक बटुलेको थियो । तर, पहिलो हाफमा लिएको फराकिलो अग्रताले धनगढीलाई पहिलो जित दिलायो।
 
                    










 २०८१ माघ  ९ गते २१:४६
                        २०८१ माघ  ९ गते २१:४६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4