+
+

आरम्भ चौतारी लघुवित्तको नाफा २.६ गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते ८:५८

१३ माघ, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफा २.६ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ३ करोड २६ लाख ५४ हजार रुपैयाँ छ ।

गत आवको यसै अवधिमा १ करोड २४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी बढ्दा नाफामा प्रभाव परेको छ । खुद ब्याज आम्दानी पहिले १२ करोड ८३ लाख रुपैयाँ रहेकोमा अहिले १६ करोड १७ लाख रुपैयाँ छ ।

त्यस्तै कम्पनीको लोनलस प्रोभिजन रकम ‘ब्याक’ हुँदा पनि नाफामा सकारात्मक प्रभाव देखिएको छ । वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा छ । निष्क्रिय कर्जा पहिले ४.६४ प्रतिशत रहेकोमा अहिले २.९१ मा झरेको छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा रहेको यसको मूल्य १०४३ रुपैयाँ ९० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?