 
																			१३ माघ, काठमडौं । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलका लागि आवेदन दिएको दुई जनाको अन्तर्वार्ता सोमबार हुने भएको छ ।
छनोट तथा सिफारिस समितिले आवेदन दिएका दुई जना प्राडा अक्कलदेव मिश्र र सहप्राध्यापक डा. उद्धव सिग्देलको सोमबार (भोलि) अन्तवार्ता लिन लागेको हो ।
छनोट समितिले प्रिन्सिपलका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने हो तर दुई जनाको मात्र आवेदन परेकाले उनीहरूको अन्तवार्ता लिएर सिफारिस गर्न लागेको हो । प्रिन्सिपलका लागि प्राध्यापकहरूले अरुचि देखाएपछि न्यून आवेदन परेको हो ।
दुई जनाको मात्र आवेदन परेपछि छनोट समितिको अनुरोधमा शिक्षाध्यक्षको कार्यालयले दोस्रो पटक आवेदन माग गरेको थियो । तर दोस्र पटक माग गर्दा विवाद भएपछि पहिलो आवेदनकै आधारमा सिफारिस गर्नेगरी दोस्रो आवेदन खारेज गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4