+

अन्जन चम्केपछि फ्रेण्ड्सलाई हराउँदै एनआरटी सेमिफाइनलमा

२०८१ माघ  १३ गते १९:३४ २०८१ माघ १३ गते १९:३४
अन्जन चम्केपछि फ्रेण्ड्सलाई हराउँदै एनआरटी सेमिफाइनलमा

१३ माघ, काठमाडौं । अन्जन विष्टको दुई गोल मदतमा फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गर्दै न्युरोड टिम (एनआरटी) सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको अन्तिम क्वाटरफाइनलमा अन्जन नायक बन्दा एनआरटीले सहज जित हात पारेको हो ।

एनआरटीले अब फाइनल प्रवेशका लागि आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको टिमकोसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको पहिलो हाफमा एनआरटी फ्रेण्ड्समाथि हावी बनेको थियो । जहाँ अन्जनले दुई गोल गरे । उनले १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । अन्जनले एन्जल महर्जनको पासलाई पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । २४औं मिनेटमा अन्जनले दोस्रो गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे । कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले फार पोस्टमा हेड मार्फत गोल गरेका हुन् ।

पहिलो हाफमा अन्जनले दुई गोल गरेपछि एनआरटी बलियो स्थितीमा पुगेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमै रिचर्ड विल्सनले गोल गर्दै एनआरटीको अग्रता ३-० बनाए ।

दोस्रो हाफमा एनबरटीले गोल गर्ने अरु अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।  ६५औं मिनेटमा एनआरटीका रिचार्डको क्रसमा हेनरी पोकुले गरेको हेडरलाई फ्रेन्ड्सका गोलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरे। त्यसपछि अभिषेकले एन्जल र रिचार्डका लगातार प्रहारहरूलाई पनि विफल बनाए।

फ्रेण्ड्सका लागि कप्तान विवेक पौडेले ८१औं मिनेटमा सान्त्वना गोल फर्काए । उनले पेनाल्टी क्षेत्रभित्र एनआरटीका दुई डिफेन्डरलाई छलाउँदै बायाँ खुट्टाले उत्कृष्ट फिनिसिङ गरेका थिए ।

दुई गोल गरेका एनआरटीका अन्जन विष्ट प्लेअर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार संकटा एफसी र मछिन्द्र एफसीबीच पहिलो सेमिफाइनल हुनेछ । दोस्रो सेमिफाइनलमा मंगलबार आयोजक टिम बागमती लोकतान्त्रिक र एनआरटीबीच हुनेछ । फाइनल खेल बिहीबार हुनेछ।

तस्बिरहरू : विकास श्रेष्ठ

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय