+

अन्जनको आग्रह : हामीलाई लिग खेल्ने वातावरण बनाइदिनुस्

२०८१ माघ  १४ गते ७:४३ २०८१ माघ १४ गते ७:४३
अन्जनको आग्रह : हामीलाई लिग खेल्ने वातावरण बनाइदिनुस्

१४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिम तथा न्युरोड टिम (एनआरटी) का फरवार्ड अन्जन विष्टले फुटबलको नेतृत्व सम्हालेहरुलाई लिग खेल्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

काठमाडौंमा भइरहेको सभापित कप फुटबलमा आइतबार फ्रेण्ड्सलाई हराएर सेमिफाइनल पुगेपछि अन्जनले यस्ता प्रतियोगिताले राहत मिलेको र लिग खेल्न पाए अझ राम्रो हुने बताएका हुन् ।

‘यस (सभापति कप) ले कम्तीमा राहत मिलेको छ । हामीलाई लिग खेल्ने वातावरण बनाइदिनु । धेरै पनि भनेको छैन ४-५ महिनाको लिग होस् । एनएसएल हुन्छ । मोफसल हुन्छ ।’ दुई गोल गर्दै प्लेअर अफ दि म्याच बनेका एनआरटीका कप्तान अन्जनले पोष्ट म्याच कन्फ्रेन्समा भने ।

उनले नेपालमा फुटबल प्रतियोगिताहरु भयो विदेशियका खेलाडीहरु समेत यहाँ आएर खेल्न सक्ने अन्जनले बताए । ‘लिग भयो भने त खुशी खुशी बसिहाल्छ नि । म मात्र होइन बाहिर हुने पनि आउने चान्स छ । मेरो साथी विमल आएर खेल्दैछ,’ अन्जनले भने, ‘फुटबलको माया छ नि त । फुटबल छाड्न सकिन्न्न । मुख्य कुरा डोमेस्टिक लिग हुन पर्‍यो ।’

अन्जनले अनुभवी खेलाडीहरु भएमा राष्ट्रिय टिमका लागि पनि सेट गर्न सजिलो हुने र नयाँ खेलाडी हुँदा एडजस्ट हुन समय लाग्ने बताए । उनले कुनै खेलाडी नहुँदा पनि राष्ट्रिय टिम चल्ने तर समयमा कस्तो समय चलिरहेको छ त्यसमा फरक पर्ने बताए । ‘मेरो विचारमा म नभए पनि नेसनल टिम चल्छ । कोही नभएपनि नेसनल टिम भल्छ जस्तो लाग्छ । तर हार्ड टाइम र गुड टाइममा फरक पर्छ,’ उनले भने, ‘जस्तै अनुभवी खेलाडीसँग खेल्न पाउFदा टिम चाँडै सेट हुन्छ । अहिले सबै बाहिरबाट आउँदा कोचलाई एडजस्ट गर्न गाह्रो हुन्छ ।’

अन्जनकै दुई गोलमा एनआरटीले फ्रेण्ड्सलाई ३-१ ले हराएर सेमिफाइनल प्रवेश गरेको छ । अब एनआरटीले फाइनल प्रवेशका लागि बयोजकको लोकतान्त्रिक बागमती टिमसँग मंगलबार सेमिफाइनल खेल्नेछ ।

अन्जन विष्ट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय