 
																			१५ माघ, मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १८ माघको बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशको हिउँदे अधिवेशन आह्वानका लागि गत ११ माघमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार प्रदेश प्रमुखबाट १८ माघमा बस्ने गरी बैठक आह्वान भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
प्रदेश प्रमुखले हिउँदे अधिवेशन आह्वान गरेको पत्र आजै प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । सचिवालका प्रमुख सचिव कृष्णहरि खड्काले निर्धारित समयमा बैठक सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।
बागमती प्रदेश सभाको अघिल्लो अधिवेशन १० असोजमा अन्त्य भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4