 
																			१६ माघ, काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा. राणासँग भेट गरेका हुन् ।
भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।
महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए ।
गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुर्व्यवसन नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4