 
																			काठमाडौं । एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’ का लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेको छ ।
यो सम्झौताले नेपाली क्रिकेटप्रेमीलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
यो सिरिज अन्तर्गतको खेल बिहीबार (१७ माघ) देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ ।
नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको जनाएको छ ।
सिरिजमा सहभागी टिमहरू नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्डले एकअर्कासँग तीन पटकसम्म प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता २५ माघसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4