+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अध्यादेश भन्नासाथ गलत हुन्छ भन्ने होइन : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १८:२२

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्नासाथ गलत नै हुन्छ भन्ने कुरा सही नभएको बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अध्यादेशको कन्टेन्टको आधारमा विरोध र समर्थन गर्नुपर्ने बताए ।

‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन । विधेयक हो भन्ने बित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन । अध्यादेश विगतमा हामीले विरोध गरेका थियौँ,’ उनले भने, ‘अहिले बोलेन भन्नेकुरा पनि छ । विगतमा नेपाली कांग्रेसले अध्यादेशको विरोध गरेको उदाहरण पनि छ ।’

कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने उल्लेख गरे ।

‘नेपाली कांग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ । अध्यादेश हो त्यसको बिरोध गरौँ भन्ने किसिमले हेर्नु हुँदैन,’ महामन्त्री शर्माले भने, ‘कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गरिन्छ । सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रिय सभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रुपमा बोल्छु ।’

महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध जरुरी रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?