+

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

२०८१ माघ  २१ गते ८:०२ २०८१ माघ २१ गते ८:०२
लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

२१ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले झिनो अन्तरको जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसलाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । उनले ६१औं मिनेटमा गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले रियल र एट्लेटिको मड्रिडसँगको अंकदूरी छोट्याएको छ । बार्सिलोना २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा यथावत् छ ।

शीर्षस्थानको रियलको २२ खेलमा ४९ तथा एट्लेटिकोको ४८ अंक छ । पराजित अलाभेस २१ अंकसहित १८औं स्थानमा छ ।

गएरातिका अन्य खेलमा भ्यालेन्सियाले सेल्टा भिगोलाई र ओसासुनाले रियल सोसिडाडलाई समान २-१ अन्तरले हराउँदा रियल बेटिस र एथ्लेटिक क्लबले २-२ को बराबरी खेले ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय