+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बढ्यो हिमाली कामदारको बीमा रकम

सरकारले सरदार, पर्वतीय पथप्रदर्शक र उचाइ (अल्टिच्युड) मा जाने कामदारको बीमा २० लाख रुपैयाँ पुर्‍याएको हो । यसअघि यी कामदारको बीमा १५ लाख रुपैयाँ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १८:३०
फाइल तस्वीर

२१ माघ, काठमाडौं । सरकारले हिमाल आरोहणमा खटिने कामदारको बीमा रकम बढाएको छ ।

पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मार्फत सरकारले सरदार, पर्वतीय पथप्रदर्शक र उचाइ (अल्टिच्युड) मा जाने कामदारको बीमा २० लाख रुपैयाँ पुर्‍याएको हो । यसअघि यी कामदारको बीमा १५ लाख रुपैयाँ थियो ।

आधार शिविरका कामदारको भने १५ लाख बराबर बीमा पुगेको छ । यसअघि यी कामदारको बीमा ८ लाख रुपैयाँ थियो ।

पर्वतारोहण दलले पर्वतारोहणमा जानुअघि साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदार तथा आधार शिविरका कामदारलाई पर्वतारोहण अभियान समाप्त गरी नफर्केसम्म सरकारबाट मान्यता प्राप्त बीमा कम्पनीसँग व्यक्तिगत दुर्घटना बीमा गराउनुपर्ने प्रावधान छ । सम्पर्क अधिकृतका लागि १५ लाखको बीमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?