२३ माघ, काठमाडौं । पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियाेगीता बिहीबारदेखि कीर्तिपुरमा सुरू हुँदैछ ।
पुष्पसदन सेकेण्डरी बाेर्डिङ स्कुलकाे आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतीयाेगितामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागिता जनाउने छन् ।
१५४ जना छात्र तथा ७६ जना छात्राले प्रतीयाेगितामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियाेगितामा छात्रका यू-११, यू-१३, १३ वर्ष माथिका कक्षा १० सम्मका विद्यार्थी र टिम इभेन्ट गरी ४ इभेन्टमा प्रतियाेगिता सञ्चालन हुने छ ।
यसैगरी प्रतियाेगितामा छात्राका पनि यू-११, यू-१३, १३ वर्ष माथिका कक्षा १० सम्मका विद्यार्थी र टिम इभेन्ट गरी ४ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन । प्रतियाेगीता पुष्पसदनकाे टेबलटेनिस काेर्टमै हुनेछ ।
पुष्पसदनले एक महिना अघि चेस प्रतियाेगिता पनि आयोजना गरेको थियाे ।
प्रतिक्रिया 4