
२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद् बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन् ।
‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौं । संसद्मा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयका थिए,’ उनले भने, ‘अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा,सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गर्यौं ।’
दलको बैठकमा संसद्मा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शुन्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको उनले बताइन् ।
‘अध्यादेश अस्वीकारको सूचना संसद्मा दर्ता गराएका छौं । त्यसमा बोल्ने सांसदहरु नाम टुंग्याएका छौं । विधेयक अध्ययन समितिलाई चलायमान बनाउने निर्णय गरेका छौं,’ उनले भनिन् ।
उनले संसद्मा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुङ्गो लगाएको जानकारी दिइन् ।
प्रतिक्रिया 4