+
+

चितवन दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १८:१९

२५ माघ, काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । किसानलाई लक्षित गरी कर्जा प्रवाह गर्ने विषयमा दुई पक्षबीच समझदारी भएको हो ।

सम्झदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका  प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरे ।

चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय प्रदर्शनीमा दुई पक्षबीच सम्झौता भएको हो ।

प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र चितवन उद्योग संघले संयुक्त रूपमा आयोजना गरिएको प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको छ । प्रदर्शनी आगामी आइतबार समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?