+
+

आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते १८:३८

२६ माघ, पोखरा । लगातार दुई खेल जित्दै नेपाल पुलिस क्लब २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २-० ले पराजित गरेको हो । खेलको २७औं मिनेटमा नेपाल पुलिस क्लबले पहिलो गोल गर्दै अग्रता लिएको थियो । पहिलो गोल विवेक पाण्डेले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमै पुलिसले अग्रता दोब्बर बनायो । खेलको ४०औं मिनेटमा रामचन्द्र वाजीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाउँदै टिमको जित सहज बनाए ।

हारसँगै आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युके भने पहिलो खेलबाटै घर फर्कने भएको छ ।

पुलिस २०७७ सालपछि पहिलो पटक पोखरामा सेमिफाइनल पुगेको हो ।

पुलिसले अब पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसी बीच विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?