२७ माघ, काठमाडौं । प्रहरीले बुढानीलकण्ठको एक घरमा छापा मारेको छ ।
आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।
उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ भने केही मानिसलाई नियन्त्रणमा लिएको छ ।
अहिले अपरेशनको काम भइरहेकाले थप विवरण आउन बाँकी छ । यस विषयमा विशेष पत्रकार सम्मेल गरेर जानकारी गराउने काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4