३० माघ, काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि वन विभाग पछाडि रहेको बस्ती डुबानमा परेको छ ।
पाइप फुटेपछि अहिले बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेको हो ।
ठूलो पाइप भएकाले वितरण केन्द्रबाट बन्द गर्दा पनि जमेको पानी आउने क्रम रोकिएको छैन ।
बबरमहलमै रहेको विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अन्य सरकारी कार्यालयका काम पनि रोकिएका छन् ।
नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी र नेपाली सेनासहितको टोलीले अहिले उद्धारको कार्य गरिरहेको छ ।
तस्वीरहरू :




\
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4