+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अध्यादेशमा दलहरूबीच सहमति खोज्ने प्रयास हुँदैछ : सरकार प्रवक्ता गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १७:३१

३० माघ, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सुचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेशहरू अहिले नै पास वा फेल हुने भन्नेबारे परिस्थिति नरहेको बताएका छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘यी सबै अध्यादेशहरू हामीले संसद्‌मा टेबल गरिसकेका छौं । यसमा राजनीतिक दलहरूकोबीचमा छलफल चलिरहेको छ,’ उनले भने, ‘सकभर राष्ट्रियसभाबाट पनि पारित गर्न चाहन्छौं । अहिले नै यो पास र फेल हुने भयो भन्ने परिस्थिति छैन ।’

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट उक्त अध्यादेश पारित हुनुपर्ने भएकाले राजनीतिक दलहरूबीच सहमति खोज्ने काम भइरहेको उनले बताए ।

‘प्रतिनिधिसभा र राष्ट्रिय सभाबाटै पास हुनुपर्छ । राजनीतिक दलहरूबाट सहमतिको प्रयास भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?