५ फागुन, काठमाडौं । साबा वुमन्स बास्केटबल च्याम्पियनसिपमा तीन राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएका छन् । साउथ एसियन बास्केटबल एसोसिएसन (साबा)ले आईतबार तीन राष्ट्रले खेल्ने च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरेको छ ।
यही फेबुअरी २३ देखि २६ सम्म भारतको नयाँ दिल्लीमा हुने च्याम्पियनसिपमा भारत, नेपाल र माल्दिभ्सले खेल्नेछन् । सार्वजनिक तालिका अनुसार घरेलु टोली भारत र नेपाल पहिलो खेलमा खेल्नेछन् ।
दोस्रो दिन नेपालले माल्दिभ्ससँग खेल्नेछ चने अन्तिम लिग खेल भारत र माल्दिभ्सबीच हुनेछ । तीन टिमले एक आपसमा सिंगल राउण्ड रोविनमा खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।
दोस्रो संस्करण भएको साढे दुई वर्षपछि तेस्रो संस्करण आयोजना हुन लागेको हो । पछिल्लो पटक २०२२ मा माल्दिभ्समा भएको साबा वुमन्स च्याम्पियनसिमपा नेपाल उपविजेता बनेको थियो ।
सन् २०१६ मा नेपालमै भएको पहिलो संस्करणमा पनि श्रीलंकाले उपाधि जित्दा नेपाल उपविजेता बनेको थियो । पहिलो र दोस्रो संस्करणमा सहभागि नभएको भारत पहिलो पटक खेल्दैछ । दुई पटकको विजेता श्रीलंका भने यस पटक सहभागी छैन ।
नेपाली महिला टोलीले गत असोजमा सिक्किममा भएको स्टेट लेभल बास्केटबलको उपाधि जितेको थियो ।
हाल नेपाली महिला बास्केटबल टोली साबा वुमन्स च्याम्पियनसिपका लागि प्रशिक्षण गरिरहेको छ ।
प्रतिक्रिया 4