+

यी १० तरिकाले बढाउन सकिन्छ दिमागको क्षमता

२०८१ फागुन  ५ गते २२:१४ २०८१ फागुन ५ गते २२:१४
यी १० तरिकाले बढाउन सकिन्छ दिमागको क्षमता

कहिलेकाँही कुनै ठाउँ वा व्यक्तिको नाम सम्झने प्रयास गर्दा जति गरे पनि त्यो याद हुँदैन। यस्तो समस्याले धेरैलाई सताएको हुनसक्छ । व्यक्तिको उमेर ढल्दै जाँदा खासगरी वृद्ध अवस्थामा स्मरण शक्तिमा ह्रास हुनु स्वाभाविक हो। मानिसको सम्पूर्ण ज्ञान, सीप, विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबैकुरा स्मरण शक्तिमा निर्भर रहन्छ।

तर, केही कुरामा ध्यान दिइयो भने जहिले पनि र जुन उमेरमा पनि दिमागलाई पहिले भन्दा तेज र बलियो बनाउन सकिन्छ।

व्यायाम

व्यायामले मस्तिष्कको क्षमतालाई सुधार गर्छ । व्यायामले मस्तिष्क कोषहरू बीचको सञ्चारलाई सुधार गर्छ। कार्डियो व्यायाम गर्दा, अधिक अक्सिजन प्राप्त हुन्छ र यदि यी व्यायामहरू बाहिर गरिएको छ भने भिटामिन डी पनि प्राप्त हुन्छ ।

शारीरिक गतिविधि बढाउँदा मस्तिष्कमा रक्तसञ्चार पनि बढ्छ । यसले मस्तिष्कको नयाँ न्यूरोन्स बनाउँछ र मस्तिष्कको प्लास्टिसिटी बढाउँछ । यसले मेमोरी र संज्ञानात्मक कार्यलाई बढाउँछ ।

केही गतिविधिका साथ सम्झने

केही गतिविधिको साथ केही काम गरेमा सम्झिने सम्भावना बढी हुन्छ । उदाहरणका लागि यदि कुनै प्रस्तुतीकरण वा भाषण दिनु छ भने, त्यसका लागि तयारी गर्दा हिँड्दै वा नाच्दै आफ्ना नोटहरू कण्ठ गरियो भने त्यो छिटो याद हुन्छ ।

सन्तुलित आहार

दैनिक जति चिनी र क्यालोरी खाइन्छ त्यसको २० प्रतिशत सिधै मस्तिष्कमा जान्छ, त्यसैले मस्तिष्कको कार्यशैली ग्लुकोजको स्तरमा निर्भर हुन्छ । यदि चिनीको मात्रा नियन्त्रण गरिएन भने दिमाग अन्योलमा पर्नसक्छ र मस्तिष्कको कार्यशैली उल्टै प्रभावित हुनसक्छ ।

केमिकल डोपामाइन निकाल्ने खानेकुरा खानु मस्तिष्कका लागि राम्रो हुनसक्छ । मस्तिष्क कोशिका बोसोबाट बनेको हुन्छ, त्यसैले खानामा बोसोको प्रयोग पनि गर्नुपर्छ । साथै ड्राईफ्रुट, गेडागुडी , नासपाती र माछाजस्ता खानेकुरा मस्तिष्कका लागि राम्रो हुन्छ ।

तनाव व्यवस्थापन

तनाव मस्तिष्कका लागि राम्रो हुन्छ किनकि मस्तिष्कले आपतकालीन अवस्थामा मात्र छिटो सोच्छ । तर लामो समयसम्म तनावमा रहनु मस्तिष्कका लागि राम्रो होइन । त्यसैले समय-समयमा एकान्तमा रमाउनु राम्रो हुन्छ । यसले मनलाई आराम मिल्छ । तर, यस समयमा मस्तिष्कको अर्को भाग प्रयोग गर्न सकिन्छ । यो दिमागको त्यो भाग हो, जुन दिनमा सपना देख्नमा प्रयोग हुन्छ । यो स्मरण शक्ति कायम राख्नका लागि धेरै महत्त्वपूर्ण हुन्छ ।

मानसिक व्यायाम

जसरी शारीरिक व्यायाम शरीर र मानसिक स्वास्थ्यका लागि आवश्यक हुन्छ । मानसिक व्यायाम पनि दिमागका लागि आवश्यक हुन्छ । मानसिक व्यायामले मस्तिष्कको न्यूरल जडानलाई बलियो बनाउँछ। पजल, चेस जस्ता खेल खेल्नु, नयाँ भाषा सिक्नु वा नयाँ सीप विकास गर्नु मस्तिष्क शक्ति बढाउने राम्रो तरिका हो ।

नयाँ चुनौती खोज्ने

दिमागलाई स्वस्थ राख्नका लागि, यसलाई चुनौती दिइरहनु र नयाँ चीजहरू सिक्न प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । यसको मतलब, नयाँ भाषा वा नयाँ कला सिकेर आफ्नो मस्तिष्कको क्षमता बढाउन सक्नुहुन्छ । यदि यो सबै गर्न सक्षम हो भने साथी र परिवारका सदस्यहरूसँग अनलाइन गेम खेलेर पनि दिमागलाई चुनौती दिन सकिन्छ ।

संगीत सुन्ने

संगीतले दिमागमा जादुई प्रभाव पार्छ। कसैलाई गीत सुन्दा सम्पूर्ण शरीर सक्रिय भएको महसुस हुन्छ । संगीत सुन्नुको फाइदा स्मरण शक्ति कम हुने अवस्थामा पनि प्रभावकारी देखिएका छन्।

पढ्ने र सुत्ने

केही नयाँ कुरा पढियो भने दिमागमा दुई वटा कोषहरूको तार जोडिन्छ, । केही समय पढेर सुत्दा यो सम्बन्ध बलियो हुन्छ र जे पढिन्छ त्यो मेमोरीमा समाहित हुन्छ ।
त्यसैले स्मरण शक्तिका लागि निद्रा सबैभन्दा महत्त्वपूर्ण कारक हो । त्यसैले सुत्नुअघि चलचित्र वा डरलाग्दा कथाहरू हेर्नबाट जोगिनुपर्छ । कुनै ज्ञानवर्द्धक किताब पढेर सकारात्मक अनुभव लिएर सुत्नुपर्छ।

ध्यान

ध्यानले स्मरण क्षमता बढाउँछ, जसले कुनै पनि काम राम्रो तरिकाले गर्न सक्षम बनाउँछ । दैनिक ध्यान गरेर सानो-सानो कुरा सम्झन सकिन्छ । ध्यानले मस्तिष्कमा ‘ग्रे’ पदार्थको मात्रा बढाउँछ, जसले मेमोरी र भावनालाई नियन्त्रण गर्छ ।

पर्याप्त निद्रा

सुत्दा मनलाई आराम मिल्छ । यस समयमा, यसले दिनभरि प्राप्त जानकारीलाई प्रशोधन गर्दछ, मेमोरी बनाउँछ र विषाक्त पदार्थहरू हटाउँछ । निद्रा धेरै महत्त्वपूर्ण छ, यदि पाँच घण्टा भन्दा कम सुतियो भने मानसिक रूपमा सतर्क हुन सकिँदैन । त्यसैले दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्छ ।

दिमाग स्मरण शक्ति
लेखक
पदम जोशी, मनोविद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय