+

के व्यायामपछि हात दुखिरहनु सामान्य हो ?

२०८१ फागुन  ४ गते १९:३२ २०८१ फागुन ४ गते १९:३२
के व्यायामपछि हात दुखिरहनु सामान्य हो ?

शारीरिक व्यायाम गर्दा प्रायले थकान वा कमजोर अनुभव गर्छन। हातखुट्टाको जोर्नीहरुमा पनि दुखाइ बढ्छ। यसलाई लिएर चिन्ता लिनु आवश्यक छैन। यो समस्या एकैछिन पछि आफैँ ठिक हुन्छ।

विशेषतः भर्खर-भर्खरै नयाँ वर्कआउट सुरु गर्दा यो केही दिनसम्म रहनसक्छ। बिस्तारै शरीरले त्यसलाई ग्रहण गर्दै जान्छ। त्यसपछि दुखाइ कम हुन्छ। शरीरको स्टामिना पनि बढ्छ। रक्तञ्चार बढाउँछ। स्वास्थ्य अवस्था सुधार हुँदै जान्छ। रोगहरुले आक्रमण गर्ने जोखिम कम हुँदै जान्छ।

शरीर फुर्तिलो र दिमाग तगडा हुँदै जान्छ। तर, सधैंजसो वर्कआउट गर्दा हात दुख्छ भने केही स्वास्थ्य समस्या पो होकि भनेर ध्यान दिन आवश्यक छ।

यस्तोमा हात दुख्नु सामान्य मान्न सकिन्छ ?

कुनैपनि व्यायाम गर्दा हातखुट्टा दुख्नु वा सुन्निनु स्वभाविक हो। किनकी सुरु सुरुमा यी कार्य गर्दा हातखुट्टामा बल परेर दुखाइको अनुभव हुनसक्छ। तर, धेरै नै दुखाइ हुन्छ। र, सधैँ हुन्छ भने आफूले गरिरहेको व्यायाम सही तरिकाले भएको छैन कि भनेर एक पटक सोच्नुपर्ने हुन्छ।

चाहिनेभन्दा बढी व्यायामले पनि हुनसक्छ समस्या

तगडा बन्छु भनेर एकैपटक अत्याधिक व्यायाम गर्दा र पटक–पटक त्यही व्यायाम दोहोर्‍याउँदा पनि मांसपेशी सुन्निरहन सक्छ। शरीरले धान्न नसक्ने गरी व्यायाम गर्दा मांसपेशीमा ल्याक्टिक एसिड बनाउँछ।

जसले मांसपेशी सुन्नाएर दुखाउन सक्छ। एकै खालको मांसपेशीमा जोड पर्ने गरी अत्याधिक व्यायाम गर्दा त्यो भाग कडा भए सिधा हात उठाउन र चलाउँदा दुखाइ बढ्न सक्छ।

कोषिकामा क्षति

शारीरिक व्यायामपछि बाइसेप्सको मांसपेशीलाई साहारा दिने कोषिकाहरुको हानि हुँदा पनि दुखाइ हुनसक्छ। विज्ञहरू भन्छन् मांसपेशीहरूचारैतिर जालीजस्तो संरचनाले ढाकिएका हुन्छन्। यसलाई ‘सार्कोप्लाज्मिक रेटिकुलम’ भनिन्छ। यसले मांसपेशी कोषहरूमा क्याल्सियम रिलिज गर्छ।

मांसपेशीमा भार पर्नु

ट्राइसेप्स ब्राचियालिस हातलाई झुकाउने र सीधा गर्ने प्रमुख मांसपेशी हो। जब कुनैपनि व्यायामले सो मांसपेशीमा अत्याधिक दबाब पुग्छ। तब कसरतपछि कसिन सक्छ। जसले गर्दा हात सीधा गर्न गाह्रो हुन्छ।

टेन्डिनाइटिस

यदि धेरै बाइसेप्स कर्ल, पुल–अप, वा डेडलिफ्ट गर्दा पनि पाखुरामा रहेका टेन्डनहरू (मांसपेशीहरूलाई हड्डीसँग जोड्ने नसाहरू) सुन्निन सक्छन्। जसर्ले आफ्नो हात सीधा पार्दा दुखाइ हुनसक्छ।

हातको नसा च्यापिनु

पहिले नै हातको नसा च्यापिएको समस्या छ भने समस्याको निदान नै नभई भारी व्यायाम गर्दा हात तथा पाखुरामा बल परी दुखाइ भइरहनसक्छ।

व्यायामपछि हात दुखाइ कसरी रोक्ने ?

-कसरत गर्नुअघि राम्ररी वार्मअप गर्ने।
-शरीरलाई स्वस्थ बनाउन केही दिन हल्का व्यायाम गर्ने।
-आफ्नो खानामा म्याग्नेसियमयुक्त खानेकुराहरू (बदाम, केरा, पालुङ्गो) समावेश गर्ने।
-आइस कम्प्रेसले सुन्निने कम गर्ने।
-शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न प्रशस्त पानी पिउने।
-व्यायामपछि पनि धेरै दिनसम्म हात दुखाइ रहिरह्यो भने, फिजियोथेरापिस्टसँग परामर्श लिने।

(एजेन्सीको सहयोगमा)

दुखाइ व्यायाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय