+

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाललाई किर्गिस्तानविरुद्ध एक गोलको अग्रता

२०८१ फागुन  ५ गते १८:५७ २०८१ फागुन ५ गते १८:५७

सविता रानामगरको क्रसमा विमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाललाई किर्गिस्तानविरुद्ध एक गोलको अग्रता

५ फागुन, काठमाडौं । सोमबारदेखि सुरू महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । ११औं मिनेटमा बिमला चौधरीले गरेको गोलले पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो ।

सबिता रानामगरको क्रसमा बिमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

आज दिउँसो भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

अन्तर्राष्ट्रिय महिला च्याम्पियन्सीप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय