+

इस्टपोलले जित्यो लोयल्टी कप फुटबलको उपाधि

२०८१ फागुन  ५ गते २२:२८ २०८१ फागुन ५ गते २२:२८
इस्टपोलले जित्यो लोयल्टी कप फुटबलको उपाधि

५ फागुन, काठमाडौं । इस्टपोलले १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा इस्टपोलले लिटिल एन्जल्सलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । लिटिल एन्जल्स २०७४, २०७५ र २०७६ सालमा भएको प्रतियोगिताको उपाधि विजेता हो ।

निर्धारित समयमा आत्मघाती गोलमा इस्पोटले १–० गोलको सुरूवाती अग्रता लिएको थियो । लिटिल एन्जल्सका आयुश थापाले गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

पेनाल्टी सुटआउटमा इस्टपोलका छेवाङ लामा, सुमित कार्की र रुजन तामाङले गोल गरे । लिटिल एन्जल्सबाट विज्ञानराज भण्डारी मात्र गोल गर्न सफल भए ।

प्रतियोगितामा लिटिल एन्जल्सका विज्ञानराज भण्डारी उत्कृष्ट फर्वाड, चेल्सी वल्र्ड स्कुलका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लोयल्टीका उसुम थापा उत्कृष्ट मिडफिल्डर, इस्टपोलका विवस थिङ उत्कृष्ट गोलरक्षक र इस्टपोलका सुदर्शन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिता अवधिभर १४ गोल गरेका लिटिल एन्जल्सका आयुश थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । गेट्वे एकेडेमीले उनुशासित टिमको ट्रफी हात पार्‍यो ।

चारदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

लोयल्टी कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय