+
स्पेनिस ला लिगा :

लेवान्डोस्कीको गोलमा बार्सिलोना शीर्षस्थानमा

२०८१ फागुन  ६ गते ७:२६ २०८१ फागुन ६ गते ७:२६
लेवान्डोस्कीको गोलमा बार्सिलोना शीर्षस्थानमा

६ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले साँघुरो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले रायो भालेकानोलाई १-० गोलअन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा पहिलो हाफमा रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले २८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । बार्सिलोनाको घरेलु मैदानमा भालेकानोले पनि निरन्तर आक्रमण बुन्दा गोल भने गर्न सकेन ।

यस जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ । १-१ अंकको दूरीमा रहेका रियल मड्रिड र एट्लेटिको मड्रिडले आ-आफ्नो खेलमा बराबरी खेलेपछि बार्सिलोनालाई शीर्षमा उक्लने मौका थियो ।

दोस्रो स्थानको रियलको समान अंक भएपनि गोलअन्तरका आधारमा पछि पर्‍यो भने तेस्रो स्थानको एट्लेटिको मड्रिडको ५० अंक छ ।

बार्सिलोना स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय