+
+
Shares

‘फेरि रेशम फिलिली’को ट्रेलर : ‘अमेरिका मोह’को कथामा कमेडी र गाम्भीर्यता

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १४:२८

काठमाडौं । के रेशम अमेरिका उड्ला ?

यसको उत्तर फिल्म ‘फेरि रेशम फिलिली’ हेरेपछि थाहा लाग्ला । अहिलेलाई भने निर्माताले रोचक ट्रेलर दर्शकमाझ ल्याएका छन् । ३ मिनेटको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत जानकारी दिन्छ ।

अमेरिका जान जहाजतिर दौडिरहेको मुख्य पात्र रेशमको दृश्यसँगै ट्रेलर सुरु हुन्छ र महादेवको चरित्र प्रस्तुत गर्दै समापन हुन्छ । अमेरिका मोहको कथावस्तुमा बनेको फिल्मको ट्रेलर त्यही कथा वरपर घुमेको छ ।

डीभी परेर अमेरिका जाने सपना देखेको रेशमको ‘अमेरिका ड्रीम्स’को कथा यसमा छ । अमेरिका जाने कुरालाई नेपाली समाजले हेर्ने दृष्टिकोण, विवाह र अवरोधको कथा यसमा छ । मुख्य पात्रले अमेरिका जानका लागि गर्ने संघर्ष र हैरानीको कथामा फिल्म बुनिएको छ ।

मंगलबार ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्माता, निर्देशक र कलाकारले फिल्मबारे जानकारी गराए । शीर्ष कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टले नेपाली समाजमा रहेको अमेरिका मोहको कथालाई फिल्ममा पेश गरिएको जनाए ।

निरोज महर्जनको पटकथा र निर्देशन रहेको फिल्ममा विनय र सुपुष्पासहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल, एवनराज उप्रेतीको अभिनय यसमा छ ।

सिनेमा आर्टको निर्माण र भी-मोसन पिक्चर्सको सहकार्यमा फिल्म बनेको हो । रौनकविक्रम कडेल निर्माता, सुरज बम ठकुरी कार्यकारी निर्माता, एनी थापा सह निर्माताको रुपमा छन् । ‘फेरि रेशम फिलिली’ फागुन १४ गते महाशिवरात्रीको अवसरमा देशब्यापी प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?