+
+
Shares

३० वर्ष मनाउन ‘१९७४ एडी’ ब्याण्ड बौद्धमा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते ९:०९

काठमाडौं । ब्याण्ड स्थापनाको ३० वर्ष पुगेको सन्दर्भमा चर्चित नेपाली रक ब्याण्ड ‘१९७४ एडी’ काठमाडौंमा गुञ्जिने भएको छ । चैत २३ गते बौद्धस्थित हायात ग्राउन्डमा ब्याण्डले प्रस्तुति दिने तय भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै ब्याण्डले यसबारे जानकारी दिएको हो । यो कन्सर्टका लागि टिकट मूल्य साधारण ९९९, फ्यानपिट एक हजार ८००, भीआइपि २५०० र भीभीआइपीतर्फ ८ हजार रूपैयाँ तय छ । इसेवामार्फत टिकट लिन सकिने जनाइएको छ ।

स्थापनाको ३ दशकको अवसरमा ब्याण्डले यसअघि अमेरिका, जापान, अस्ट्रेलिया लगायतका देशमा प्रस्तुति दिइसकेको छ । ३० वर्ष मनाउनको लागि काठमाडौंमा भने पहिलोपटक कन्सर्ट हुन लागेको हो ।

‘छुँदैन’, ‘हिँड्दा हिँड्दै’, ‘पिँजडाको सुगा’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’, ‘सम्बोधन’, ‘जंगी निशान’ र ‘आइरिस क्याफे’ जस्ता हिट गीतका लागि ब्याण्ड परिचित छ । ब्याण्डमा निराकार याकथुम्बा, मनोजकुमार केसी, संजय श्रेष्ठ, फिरोज स्याङ्देन, मनोज सिंह र एड्रिअन प्रधान लाइनअपमा छन् ।

सन् २००० मा ब्याण्डले काठमाडौंमा आयोजना गरेको ‘रक यात्रा’मा ६० हजार दर्शकको उपस्थिती रहेको जनाइएको छ । यो दर्शकीय संख्या ब्याण्डकै अहिलेसम्मको भव्य उपस्थिती हो । यसबीचमा लाइनअपमा परिवर्तन हुँदाहुँदै ब्याण्ड पुनः एक भएको हो, एकपछि ब्याण्ड ३ दशक सेलिब्रेसनका लागि सक्रिय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?