 
																			९ फागुन, काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले अमेरिकी पूर्वराष्ट्रपति जो बाडनविरुद्ध गम्भीर आरोप लगाउँदै निशाना सोझ्याएका छन् ।
बीबीसीका अनुसार कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) को मञ्चबाट सरकारको कार्यक्षमता सुधार विभाग (डज) सम्बन्धी जानकारी दिँदै मस्कले पूर्वराष्ट्रपति बाइडेनविरुद्ध गम्भीर आरोप लगाएका हुन्।
मस्क हाल अमेरिका सरकारको खर्च घटाउने उद्देश्यले सञ्चालित उक्त विभागको नेतृत्वमा छन्। कार्यक्रममा अर्जेन्टिनी राष्ट्रपति जेभियर मिलेई पनि मञ्चमा उपस्थित थिए।
उनले मस्कलाई प्रतिकात्मक रूपमा ‘आरा मेसिन’ उपहार दिए, जसको अर्थ अनावश्यक सरकारी खर्च कटौती गर्नु हो।
मस्कले कार्यक्रममा विभिन्न विषयमा आफ्नो विचार राखे। त्यहीक्रममा उनलाई एक प्रश्न सोधियो, ‘बाइडेनले जानाजान अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमै फस्न दिएका हुन् त, ताकि तिनीहरूलाई पृथ्वीमा फर्काउन स्पेसएक्सको सहयोग लिनु नपरोस् ?’
जवाफमा मस्कले भने, ‘हो, पक्का पनि ।’
उनले अगाडि थपे, ‘हामी ती यात्रुहरूलाई सजिलै फर्काउन सक्थ्यौं, तर बाइडेन प्रशासनले ट्रम्प समर्थक व्यक्तिहरूसँग सहकार्य गर्न चाहँदैन।
पछिल्लो वर्षको जुन महिनादेखि अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बैरी बुच विल्मोर उनीहरूको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा समस्या आएपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा अड्किएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4