 
																						१० फागुन, बागलुङ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकको आर्थिक अवस्थामा सुधार आए पनि सन्तोष मानेर बस्ने बेला नभएको बताएका छन् ।
बागलुङमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा शाहीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेपछि दुई प्रमुख दल मिलेर वर्तमान सरकार बनेको बताए ।
वर्तमान सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका उनले अहिले आर्थिक क्षेत्रमा धेरै सुधार आइसकेको दावी गरे ।
‘मुलुकको अवस्था गम्भीर बन्दै गएपछि यो सरकार बनेको हो,’ मन्त्री शाहीले भने, ‘यो सरकार बनेपछि आर्थिक क्षेत्रमा धेरै सुधार देखिएको छ । तर, अहिले नै सबै सुधार भयो भनेर बस्ने अवस्था बनेको छैन ।’
उनले सरकारले निजी क्षेत्रसँग मिलेर अझै धेरै काम गर्न आवश्यक रहेको चर्चा गर्दै निजी क्षेत्रलाई उत्साहित बनाउनकै लागि अध्यादेशबाट कानुनहरूको संशोधन गरिएको बताए ।
उनले वर्तमान सरकार विकास–निर्माणका काममा क्रियाशील रहेको पनि बताए । ‘यो सरकारले जनतामा आशा जगाउने गरी काम गरिरहेको छ, गठबन्धनलाई सुदृढ बनाउने प्रयास जारी छ,’ मन्त्री शाहीले भने, ‘पहिलेको जस्तो निराश हुनु पर्ने अवस्था छैन, सरकार सबै क्षेत्रको विकासका निम्ति गम्भीर भएर लागेको छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4