 
																			१४ फागुन, काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकामा नै बालबालिका जोखिममा रहेका छन् ।
काठमाडौं महानगरपालिकाले बालबालिकाहरुको अवस्था अध्ययनका लागि सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था जोखिममा रहेको बताएका हुन् ।
काठमाडौं महानगरपालिका बाल अधिकार समितिका सदस्य प्रविन सिलवाल अनुसार महानगरभित्र ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकाको उद्धार गरिसकेको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा रहेका छन्।
सिलवालका अनुसार ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । यस्तै उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुर्व्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय रहेको छ ।
पछिल्लो २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको सिलवालले जनाए ।
जोखिममा रहेका बालबालिकाहरुको खोज तथा उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलनलगायत श्रृंखलामा दायित्व भएका निकायसँगको समन्वय अभ्यास समीक्षा गर्दै काठमाडौँ महानगरपालिकाले यसलाई थप प्रभावकारी बनाउन काम समेत थालेको छ।
महानगरका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा महानगर बाल अधिकार समिति गठन भएको छ।
बाल संरक्षण प्रणालीहरुमा घटना व्यवस्थापन उपसमिति, बाल उद्धार कार्यदल, बाल कल्याण अधिकारी, समाजसेवी तथा बालमनोविज्ञ, वडा बाल अधिकार समिति, विद्यालयहरुमा बाल संरक्षक शिक्षक, बाल क्लव तथा सञ्जाल, साझेदारीमा अस्थायी संरक्षण गृह सञ्चालन लगायत संरचना र संयन्त्र छन् ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4