१५ फागुन, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले ६ खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।
निलम्बन पर्नेमा राष्ट्रिय खेल संघहरू नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।
राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारवाही स्वरुप निलम्बन गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।
राखेपलको बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तोक्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
 
                    










 २०८१ फागुन  १५ गते १९:५०
                        २०८१ फागुन  १५ गते १९:५०                     
                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4