+
+
Shares

नयाँ शक्ति विद्यार्थी युनियनले सीटीईभीटीलाई बुझायो १२ बुँदे ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:५७

१५, फागुन काठमाडौं। नयाँ शक्ति विद्यार्थीयुनियनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सुधारको माग राख्दै १२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

युनियनका अध्यक्ष बलबहादुर रम्तेलले सिटिईभिटीका सदस्यसचिव महेश भट्टराईलाई सुधारको माग राखेर ज्ञापनपत्र बुझाएका हुन् ।

विभिन्न समयमा शिक्षालयहरुकोनक्साङकनको लागि बनेको कार्यविधि र शैक्षिक क्यालेण्डर लागू गर्न युनियनले माग गरेको छ ।

‘वार्षिक परीक्षाको नतिजा ६० दिन भित्र रअन्यको ३ महिना भित्र नतिजा प्रकाशन गर्ने कार्यविधि वा कानुन बनाई लागू गर्नभनेका छौं,’ अध्यक्ष रम्तेलले भने।

पास भएका विद्यार्थीहरुको ट्रान्सक्रिप्ट,प्रोभिजनल, समकक्षता लगायतका प्रमाणपत्रहरु प्रदेश कार्यालय मार्फत वितरण गर्नुपर्ने माग युनियनको छ ।

समावेशी हिसाबले बजेट अनुसार स्थानिय तहतोकेर नै छोटो अवधिको निःशुल्क तालिम सञ्चालन गर्नुपर्ने माग युनियनको छ ।

‘प्रत्ययेकवर्ष ५६० जना वा प्रदेशमा २ वटा संस्था र जनघनत्वको हिसावले थप देशभरी नै निःशुल्कनर्सिङ्ग पढने वातावरण बनाउनुपर्छ,’ अध्यक्ष रम्तेलले भने।

मागहरु ७ दिनभित्र पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?