
१८ फागुन, काठमाडौं । करिब साढे तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा पाल्पाको बगनासकाली गाउँपालिका–१ घर भएकी ३९ वर्षीया कल्पना गैरे छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।
काठमाडौं नयाँ बानेश्वर बस्दै आएकी उनले ३ करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4