+
+
Shares

स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते ११:०९

१९ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि १४ समिति गठन गरेको छ । स्ववियु निर्वाचनमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरु गठन गरिएको संघले जनाएको छ ।

५ चैतमा हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ नेविसंघका उम्मेदवारलाई जिताउन समिति गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी गराए ।

प्रचार-प्रसार समितिमा यङ्जोर कार्की, घोषणापत्र तयारी समितिमा विकल राई, स्ववियु निर्वाचन सारक्षरता र अभिमुखीकरण समितिमा सुशान्त आचार्य, अन्तर विद्यार्थी संगठन समन्वय समितिमा पंकजकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ ।

पार्टीभित्रका समूह अनुसार भागबन्डा मिलाउन समितिको संख्या १४ पुर्‍याइएको छ । ८ समिति बनाउने पूर्वतयारी थियो । सभापति शेरबहादुरद देउवा, महामन्त्री गगन थापा र संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षलाई १४ समितिमा भागबन्डा गरिएको छ ।

संस्थापनइनरका नेता कोइराला पक्षलाई चारवटा समितिको संयोजक दिइएको छ । महामन्त्री गगन थापा पक्षबाट तीन जना समिति संयोजक बनेका छन् ।

 

नेविसंघले तोकेका १४ समितिका संयोजकहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?