+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चाँदनी हत्या प्रकरण : आमा-बुबा, मामा-माइजु र हजुबुबा-हजुरआमा कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १६:३७

१९ फागनु, विराटनगर। विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना कारागार चलान भएका छन् ।

चाँदनीको हत्या आरोपमा आमा ३५ वर्षीया राजकुमारी राय यादव, बुबा लालमोहन, मामा रामबाबु मण्डल, मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकीविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालत मोरङका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

प्रहरीले अनुसन्धान प्रतिवेदनका आधारमा आमा र मामालाई कर्तब्य ज्यान र अन्य चार जनालाई मतियार बनाएर मुद्दा दायर भएको थियो ।

विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्र चाँदनीको माघ ११ गते दिउँसो हत्या भएको थियो । हत्यापछि राति मामाघरनजिकै खाल्डो खनेर उनको शव गाडिएको थियो । प्रहरीले माघ १८ गते उनको शव फेला पारेको थियो ।

भरतको छपरा घर भएकी चाँदनीको भारतीय बालकसँग प्रेम सम्बन्ध थियो । उनीहरुले भागेर बिहेसमेत गरेका थिए । छुटाएर घर फर्काएपछि बाबुआमा पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई ल्याएका थिए ।

विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए । आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसेकी थिइन् । छोरीको हत्यापछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनी घर फर्किएकी थिइन् । छोरीको शव फेला परेपछि प्रहरीले दुवैजनालाई नेपाल ल्याएको थियो।

प्रेम सम्बन्ध छुटाउन खाेज्दा नमानेपछि आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको थियो ।

उनको शव व्यवस्थापनमा चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकीले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?