१ चैत, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपको उपाधिका लागि घरेलु टोली युगाण्डा र नामिबिया खेल्ने भएका छन् ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलपछि फाइनल खेल्ने दुई टिमको टुंगो लागेको हो । अन्तिम खेलमा युगाण्डाले नामिबियालाई फराकिलो अन्तरले हराएपनि दुई टोली नै फाइनल खेल्ने भएका हुन् ।
युगाण्डाले ६ खेलमा ८ अंक जोड्दा नामिबियाले ६ खेलमा ६ अंक जोड्दै दोस्रो भयो । समान अंक भएपनि नेटरनरेटमा पछि पर्दै हङकङ तेस्रोमा रह्यो । ४ अंक मात्र भएको नेपाल चौथोमा रह्यो ।
फाइनल खेल आइतबार हुनेछ । सोही दिन नेपालले पनि हङकङसँग तेस्रो स्थानका लागि खेल्ने छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले हङकङलाई ६ विकेटले हराएको थियो।
त्यसअघि नेपाल नामिबियासँग दुवै खेलमा तथा हङकङ र युगाण्डासँग १-१ खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया 4