 
																			८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका छन् ।
यो सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको आदेश विरुद्ध सरकारले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।
आज लामिछाने पनि पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको प्रहरीले गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4