+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

कुलमानलाई बर्खास्तीको पत्र प्राधिकरणमा दर्ता, इमेलबाट पनि पठाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १९:४५

१२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तीको पत्र नेपाल विद्युत् प्राधिकरणमा दर्ता भएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई पदमुक्त गरिएको पत्र मंगलवार साँझ प्राधिकरणमा दर्ता भएको स्रोतले जानकारी दियो । सो पत्र मंगलबार नै इमेलमार्फत घिसिङलाई पठाइने पनि मन्त्रालय स्रोतले बतायो ।

८ महिनाको रस्साकस्सीपछि मन्त्रिपरिषद्ले सोमबार घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारसँग भएको करारअनुरुप समयमा कार्यसम्पादन मूल्यांकन नगराएका कारण कार्यसम्पादनमा शून्य अंक प्राप्त गरेको, नेपाल सरकार तथा प्राधिकरण सञ्चालक समितिको स्वीकृतिबेगर भारतसँग बिजुलीको भाउ बढाउने सम्झौता गरेको तथा नेपाल सरकारको निर्देशन अवज्ञा गरेको आरोपमा सरकारले उनलाई पदमुक्त गरेको हो ।

त्यसअघि सरकारले उनलाई सफाइको मौका दिएको थियो । लामो समयदेखि सरकारसँग विवाद गरिरहेका घिसिङलाई त्यसअघि ऊर्जा मन्त्रालयले पनि पटक पटक स्पष्टीकरण सोधेको थियो ।

नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?