१३ चैत, काठमाडौं । एएफसी वुमन्स एसियन कप २०२६ छनोटमा नेपाल ‘पट’ टु मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसीले) बुधबार छनोटको ड्र लागि छनोट खेल्ने टिमहरुको पट सार्वजनिक गरेको छ । जसमा नेपालसहित ८ टिम पट टु मा छ ।
वुमन्स एसिया कप छनोटको ड्र भोली बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा हुनेछ ।
सन् २०२६ मा अष्ट्रेलियामा हुने वुमन्स एसियन कपमा आयोजकसहित चार स्वत छनोट भइसकेका छन् । बाँकी ८ स्थानका लागि छनोट चरणमा एसियाका ३४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
फिफाको पछिल्लो वरियता अनुसार एएफसीले छनो६ खेल्ने टिमलाई सिडिङ दिँदै पट सार्वजनिक गरेको छ ।
जसअनुसार पट वान मा उत्तर कोरिया, भियतनाम, फिलिपिन्स, चाइनिज ताइपेई, थाइल्याण्ड, उज्वेकिस्तान, म्यानमार र इरान छन् ।
यस्तै नेपाल रहेको पट टु मा भारत, जोर्डन, हङकङ, बहराइन, इन्डोनेसिया, ग्वाम र मलेसिया छन् ।
पट थ्री मा लाओस, युएई, कम्बोडिया, मंगोलिया, लेबनान, बंगलादेश, कीर्गिस्तान र प्यालेस्टाइन छन् ।
पट फोरमा सिंगापुर, तुर्किमिस्तान, ताजकिस्तान, पाकिस्तान, श्रीलंका, टिमोर लिस्टे, माल्दिभ्स र साउदी अरब छन् । पट फाइभमा भुटान र इराक मात्र छन् ।
छनोटमा सहभागि ३४ टोद्यीलाई ८ समूहमा विभाजन गरिनेछ । जसमा ६ समूहमा ४-४ टिम हुनेछन् भने दुई समूहमा ५-५ टिम हुनेछन् ।
८ वटा समूहको समूह विजेता एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछ ।
एसिया क्षेत्रको छनोट सन् २०२७ मा ब्राजिलमा हुने फिफा वुमन्स विश्वकपको लागि समेत छनोटको रुपमा रहनेछ । वुमन्स एसियन कपमा शीर्ष ६ मा रहने टिम वुमन्स विश्वकपमा सिधै छनोट हुनेछ ।
प्रतिक्रिया 4